विजय,निमा,जुनी र मङ्गल उत्कृष्ट
Manoj Shiama
4 April, 2021 11:18 am

नेपाल उसु स्वयंसेवक प्रशिक्षक कमिटीको आयोजनामा उसु अवार्ड सम्पन्न भएको छ । शनिवार भक्तपुरको सूर्य विनायकस्थित यो यो बैंक्युटमा भएको कार्यक्रममा थाउलु तर्फ विजय सिन्जाली उत्कृष्ट पुरुष खेलाडी घोषित भए । यसै गरी,दीपक हमाल उदयमान खेलाडी भए । थाउलुको महिला तर्फ निमा घर्ती मगर उत्कृष्ट महिला खेलाडी घोषित भइन् । यसै गरी सान्सौमा पुरुष तर्फ मङ्गल प्रसाद थारु तथा महिला तर्फ जुनी राई उत्कृष्ट खेलाडी घोषित भए ।


राजीव महर्जनको संयोजकत्वमा भएको कार्यक्रममा प्रमुख अतिथि मन्त्री महेश बस्नेतले पुरस्कार प्रदान गरे ।
कार्यक्रममा उसु प्रशिक्षक अमर थिङ, गणेश अर्याल,विमल थापा, मोहन बहादुर पाण्डे मगर,प्रकाश बहादुर लामा तथा राष्ट्रिय खेलाडीहरूको उपस्थिति थियो ।अवार्ड कार्यक्रमको मुख्य प्रायोजक रुपमा नागरिक विकास वचत तथा ऋण सहकारी संस्था र याे याे ब्यान्क्युट भक्तपुर रहेका थिए । कार्यक्रम मञ्जुर महर्जनको सभापतित्वमा भएको थियो ।