काठमाडौं जिल्ला छनोटमा लैनचौरको रवाफ


काठमाडौं जिल्ला तेक्वान्दो टिममा लैनचौर तेक्वान्दो डोजाङका सात खेलाडी छनोट भएका छन् । काठमाडौं जिल्ला तेक्वान्दो संघको आयोजनामा भएको छनोट खेलका १६ स्पर्धामा लैनचौरले ७ वटामा पहिलो तथा एक वटामा दोस्रो स्थान पाएको सो डोजाङका प्रमुख गौरव रजकले जानकारी दिए ।


काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काको सभापतीत्व तथा नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भरत मर्हजनको प्रमुख आतीथ्यमा भएको कार्यक्रममा लैनचौरका पुन ती खत्री ३७ देखि ४० किलो तथा दिया रजक ४० देखि ४३ किलो तौल समुहमा पहिलो भए । ४६ देखि ४९ मा सुमिना खड्गी तथा ५३ देखि ५७ किलो तौल समुहमा स्यारोन गुरुङले स्वर्ण पदक पाए । यसैगरी४० देखि ४३ मै स्वीकर रजक,५४ देखि ५८ मा सिजन श्रेष्ठ,६८ देखि ७३ नारायण बोगटी तथा ५७ देखि ६२ मा सामना खड्गीले रजत पदक पाए ।

तेक्वान्दो मुख्य प्रशिक्षक नवीन कुमार श्रेष्ठले जिल्ला टिमका खेलाडीलाई प्रमाणपत्र प्रदान गरे ।

Comment