प्रोमा भुपेश पहिलो

Manoj Shiama
28 February, 2015 7:43 pm

bhupesh
भूपेश शाक्यले प्रथम श्रीनाथ राष्ट्रिय मुवाँ थाइ प्रतियोगिताको पुरुष ७० केजी प्रोतर्फ शनिबार स्वर्ण जितेका छन् ।
श्रीनाथ कलेक्सनको मुख्य प्रायोजनमा नेपाल मुवाँ संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ४० केजीमा साकार पुन मगर, ४५ केजीमा युवराज थापा मगर, ५० केजीमा राजेन्द्र नगरकोटी, ५५ केजीमा दावा मोक्तान, ६० केजीमा सन्तोषकुमार लामा, ६५ केजीमा अजय जोशी तथा खुलामा दावा स्टेभेन शेर्पा पहिलो भए । महिलाको ५० केजीमा अन्जली श्रेष्ठले स्वर्ण चुमिन् ।
विजेतालाई युवा नेता गगन थापा र फोहोर मैला व्यवस्थापन शिविरकी प्रबन्ध निर्देशक डा. सुमित्रा अमात्याले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको दुईदिने प्रतियोगितामा ५० खेलाडीले ९ स्वर्णका लागि प्रतिस्पर्धा गरेको आयोजक संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।