कराँते प्रशिक्षक गिरीलाई पितृ शोक
Manoj Shiama
13 June, 2021 9:05 am

कराँते प्रशिक्षक तथा नेपाल गोजुरियो कराँते सङ्घका सचिव सानुबाबु गिरिलाई पितृ शोक परेको छ । गिरीका पिता ६९ वर्षीय अर्जुन गिरीको शनिवार बेलुका निधन भएको हो । शनिवार नै हिन्दु संस्कार अनुसार पशुपति आर्यघाटमा दाह संस्कार गरियो ।
दिवङ्गत गिरीका श्रीमती दुई छोरा र दुई छोरी छन् । नेपाली खेल व्यक्तित्वले शोकाकुल परिवार प्रति समवेदना व्यक्त गरेका छन् ।