नेपालमा फेन्सिङको सुरुवाती दिनका यी स्टार
Manoj Shiama
23 July, 2021 5:35 pm

उज्बेकिस्तानमा भएको सोही छनोटमा अनिताका प्रशिक्षक थिए, जङ्ग गिरि । नेपालका सुरुवाती दिनका यी खेलाडीको प्रशिक्षण जीवन त त्यत्ति लामो छैन । १३ औ दक्षिण एसियाली खेलकुदमा नेपाली टोलीका प्रशिक्षक रहेका यी नि सन् २०१८ मा ओलम्पिक सोलीडारिटी कोर्स पुरा गर्दै प्रशिक्षक भएका हुन्
खेलाडीकै रूपमा उनी सन् २०१४ मा दक्षिण कोरियामा भएको एसियाली खेलकुद, त्यसको एक वर्ष पछि रुसमा भएको विश्व फेन्सिङ च्याम्पियनसिप तथा सन् २०१७ मा हङकङमा भएको एसियाली फेन्सिङ च्याम्पियनसिपमा सहभागी भएका थिए । सन् २०१९ मा बैंककमा भएको सियु ओपन फेन्सिङ च्याम्पियनसिपमा सहभागी उनी सन् २०१६ देखि घरेलु प्रतियोगितामा उत्कृष्ट लयमा छन् । पहिलो

आठौँ राष्ट्रिय खेलकुदमा उनी सम्मी लीन एपीएफ टोली इपी समुहमा पहिलो भएको थियो । यी यावत सफलता पाएका जङ्ग नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घबाट २०७४ को उत्कृष्ट खेलाडी घोषित भएका थिए । गएको १३ औ दक्षिण एसियाली खेलकुदमा नेपालले ४ रजत र ६कांस्य पदक जित्नुमा उनको त्यत्तिकै भूमिका रहेको थियो । नेपाली फेन्सिङको इतिहास छोटो भए पनि जङ्गको नाम सुरुवाती दिनमा मुख्य खेलाडीको रूपमा सधैँ रही रहने छ।