‘प्रभु पे’ चितवन टाइगर्सको प्रमुख प्रायोजक
Manoj Shiama
2 September, 2021 3:31 pm

‘प्रभु पे’ ९ असोज देखि सुरु हुने बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (इपिएल) चितवन टाइगर्सको प्रमुख प्रायोजकको रूपमा रहने छ । चितवन टाइगर्सका प्रमुख किशोर भट्टराई र प्रभु म्यानेजमेन्टका प्रमुख कुसुम लामाले बुधवार सम्झौता पत्रमा हस्ताक्षर गरे । प्रभु पे मोबाइलबाट भुक्तानी गर्नका लागि इलेकट्रोनिक्स वालेटको रूपमा रहेको छ । यो विभिन्न सामान खरिद भुक्तानी गर्दा उपयोगी हुँदै आएको छ ।
इपीएलका लागि चितवन टाइगर्सले अफगानिस्तानका अन्तर्राष्ट्रिय खेलाडी करिम जन्नत सहित पाँच विदेशी खेलाडी अनुबन्ध गरेको छ । २३ वर्षीय जन्नतको टी–२० मा राम्रो स्किल रहेको छ र उनी मध्यम क्रमका उपयोगी ब्याट्सम्यान पनि हुन् ।
सोमपाल कामीको नेतृत्वमा रहने टोलीमा, कमल सिंह ऐरी, साहब आलम, ईशान पाण्डे, ललित सिंह भण्डारी, दिलीप नाथ, सागर ढकाल, राजेश पुलामी मगर, हासिम अन्सारी, भीम सार्की, खडक बहादुर बोहरा, आदिल खान, सन्दीप सुनार, देवराज खनाल, गौतम केसी, शेकुगे प्रसन्न (श्रीलङ्का), मोहम्मद शाहजाद (अफगानिस्तान), करिम जन्नत (अफगानिस्तान), डानिस अजिज (पाकिस्तान) र वीरनदीप सिंह (मलेसिया) रहेका छन् ।

यसै गरी, टिम मेन्टर र सहायक प्रशिक्षकमा पुरनेन्दु घोष तथा टिम चिकित्सकमा डा.प्रकाश पौडेल रहेका छन् । यसै गरी फिजियोथेरापिस्ट डा.सौगात श्रेष्ठ टोलीमा आबद्ध छन् ।
किशोर भट्टराई टिम प्रमुख रहेको चितवनमा अप्रेसन डाइरेक्टर विनीता चौधरी भट्टराई रहेकी छिन् । यसै गरी, असिस्टेन्ट मिडिया डाइरेक्टरमा राजन शाह छन् । पिआर एन्ड मार्केटिङमा आशुतोष घिरैया छन् ।

एकेडेमी आइडीएस सिल्क ग्रुपको प्रमुख योजना हुनेछ । जसको उद्देश्य काठमाडौँ उपत्यका भित्र सुविधा सम्पन्न एकेडेमी निर्माण गर्नु हुनेछ । एकेडेमीले युवा प्रतिभाको पहिचान गर्दै प्रमुख खेलाडी बनाउने प्रयास गर्नेछ । यस परियोजनाको कार्यान्वयनले आइडीएस सिल्क स्पोर्ट्सको भिजनलाई साकार पार्न भूमिका खेल्नुको साथै देशमा खेलकुद विकास गर्न योगदान दिने आशा लिएका छौँ ।