श्रीलङ्कामा भएको प्रतियोगितामा नेपाली खेलाडी उत्कृष्ट प्रदर्शन
Manoj Shiama
14 September, 2021 8:34 am

१४ देखि १५ वर्ष उमेर समूहको ४६ देखि ५५ किलो तौल समूहको लेभल ३ मा नेपालकी शान्ति श्रेष्ठले स्वर्ण पदक जितिन् ।
यसै गरी,पुरुष १८ देखि २१ वर्ष उमेर समूहको ५८ देखि ६७ किलो समूहको लेभल चारमा नेपालका तारकेश्वर मिश्रले स्वर्ण पदक जिते । पदक विजेता एभरेस्ट मार्सल आर्ट ट्रेनिङ सेन्टरका खेलाडी हुन् । प्रशिक्षक रबी शाहीको प्रशिक्षणमा रहेको सो क्लबका खेलाडीहरूले पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी रहेका छन् ।
सोही प्रतियोगितामा नेपालका रबी शाहीले रेफ्रिको भूमिका निर्वाह गरेका थिए । प्रतियोगितामा ४५ देशका १०३४ खेलाडी सहभागी थिए ।

