आइएमई पेको दसैँ अफर

Manoj Shiama
27 September, 2021 8:30 pm
आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पेको दसैँको झट्का स्किम सार्वजनिक गरिएको छ । अफर ११ देखि १४ गते असोजसम्म, हरेक दिन दिउँसो १ बजे, १ घण्टाका लागि लागु गरिएको छ । यस स्किम अन्तर्गत  आइएमई पे वालेटबाट हवाई टिकट खरिद गर्दा ५०% सम्म क्यासब्याकको व्यवस्था मिलाइएको छ । क्यासब्याकको सीमा २हजार सम्मको रहेको छ । यो अफर मात्र पहिलो १०० खरिदकर्ताहरूका लागि प्रत्येक दिन फ्लैश बिक्रीको समयमा उपलब्ध गराइनेछ ।
उक्त अवसरमा बोल्दै आइएमई डिजिटल सोलुसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विकास नाहाटाले  हवाई टिकट ‘आइएमई प’े को भुक्तानी सेवासँगै तीन दिनको लागि ५० प्रतिशत  क्यास ब्याकको योजना पनि सुरु भएको हुँदा आइएमई पेबाट भुक्तानी गरी सेवाग्राहीहरूले अधिकतम फाइदा लिनेमा आफू विश्वस्त रहेको बताए ।
यो स्किम आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा ल्याइएको हो । सदा झैँ यो स्किममा पनि नियम र सर्तहरू लागु हुनेछन् । सबै प्रयोगकर्ताहरू आइएमई पे को माध्यम बाट हवाई टिकट खरिद मा फ्लैश बिक्री क्यासब्याक को लागि योग्य छन् । आइएमई पे प्रयोगकर्ताले हवाई टिकट खरिद गरेको २४ घण्टा भित्र क्यासब्याक प्राप्त गर्नुहुनेछ । यो स्किममा आईएमई पे पञ्जीकृत मोबाइल नम्बर मात्र सहभागिताको लागि योग्य हुनेछन्