एनआरएनए निर्वाचनमा कुल आचार्यको सम्भावित प्यानल
Manoj Shiama
28 September, 2021 11:26 am

आसन्न एनआरएनए निर्वाचनका लागि कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । सो प्यानलको उपाध्यक्षमा एशी शेर्पा वा सुनिल शाह , त्रिलोक गुरुङ र मन केसी वा गणेश केसी उम्मेदवार हुने सम्भावना प्रबल छ । सो समूहमा अमेरिका निवासी डा.केशव पौडेल महासचिव तथा युरोप निवासी जानकी गुरुङ महिला उपाध्यक्षको उम्मेदवार हुने चर्चा छ । डा. पौडेल नेपालमा रहँदा नै लोकप्रिय व्यक्ति थिए । कतार निवासी राज रेग्मी या नेदरल्यण्ड निवासी हिमाल गुरुङ मध्ये एक सो समूहबाट युवा उपाध्यक्ष उठ्ने जनाइएको छ । यसै गरी सबै भन्दा पेचिलो बनेको सचिव पदमा भित्री रूपमा अस्ट्रेलियाबाट इन्जिनियर नारायण काफ्ले, मध्यपूर्वबाट प्रवीण गुरुङ र युरोपबाट नारायण आचार्य वा गंगाधर गौतम मध्ये एक तथा अमेरिकाबाट शङ्कर खड्का को नाम चर्चामा छ । गंगाधर गौतमलाई युरोपको क्षेत्रीय संयोजकको रूपमा व्यवस्थापन गर्ने या आचार्यलाई अन्यत्र कतै व्यवस्थापन गर्ने पनि तयारी भई रहेको चर्चा छ ।
हाल सचिव पदमा देखिएका नारायण काफ्ले पुलचोक क्याम्पसका पूर्व स्वबियू सभापति हुन् । मिलनसार र मृदुभाषी काफ्ले सो कलेजका नेबिसंघको तर्फबाट जित हार्ने पहिलो सभापति हुन् । नेबिसंघको केन्द्रीय सदस्य पनि भएका उनी ५० को दशकमा नेपाली विद्यार्थी राजनीतिमा लोकप्रिय व्यक्ति थिए । हाल उनी अस्ट्रेलियामा ऊर्जा इन्जिनियरको रूपमा छन् । जर्मनीमा स्नातकोत्तर गरेका उनी डाईनामिक व्यक्तित्वका खानी मानिन्छन् ।
नारायण आचार्य शंकरदेव क्याम्पसका स्वबियू सभापति हुन् । ५० को दशकमा शंकरदेव क्याम्पसका चर्चामा रहेका यी नेता विभिन्न अवरोध र कठिनाइ पार गर्दै स्वबियु सभापति भएका थिए । गंगाधर गौतम बागलुङ जिल्ला नेबिसंघ सभापति एवं हाल नेका केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सदस्य हुन् भने शङ्कर खड्का तरुण दलको पूर्व केन्द्रीय सदस्य हुन् । नेपालको प्रजातान्त्रिक सङ्गठनमा काम गरेर खारिएहरु यति धेरै उम्मेदवारहरू आकाङ्क्षी हुँदा हुँदै पनि बिचार इतरहरूलाई च्यापेर हिँडेमा टिमका उम्मेदवार जोखिममा पर्न सक्ने भन्दै अध्यक्षको उम्मेदवार कुल आचार्यलाई हेक्का राख्दा सही ठहर हुने एक काङ्ग्रेस नेताले बताए ।