ड्रागन टिम च्याम्पियन
Manoj Shiama
7 October, 2021 10:05 pm

ड्रागन उसु क्वानले प्रथम कालभैरव खुला जुनियर उसु प्रतियोगिताको उपाधि बिहीबार जितेको छ । ड्रागनले ७ स्वर्ण, २ रजत र १ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बन्यो ।
कालभैरव उसु क्वानद्वारा आयोजित प्रतियोगितामा काठमाडौँ उसु क्वान ५ स्वर्ण, ५ रजत र १० कांस्य जित्दै दोस्रो भयो । तेस्रो स्थानको त्रिकोण उसु क्वानले ५ स्वर्ण, ३ रजत र २ कांस्य हात पा¥यो ।
राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगिताको थाउलोतर्फ पुरुषमा त्रिकोणका मनीष तामाङ तथा महिलामा ड्रागनकी लाक्पा डोल्मा शेर्पा उत्कृष्ट खेलाडी घोषित भए । सान्सौंको पुरुषमा काठमाडौँका नवीन माझी तथा महिलामा यिङयान उसु क्वानकी रेश्मा तामाङ उत्कृष्ट खेलाडी चुनिए ।

प्रतियोगिता सफल गर्नको लागि सहयोग गर्ने सबैलाई प्रतियोगिताका संयोजक अमर पुलामी मगर(सुभाष)ले धन्यवाद व्यक्त गर्दै यस प्रतियोगितालाई निरन्तरता दिने बताए ।

