भलिबल प्रतियोगिता आयोजना गर्दै गुरुङ स्पोर्टस हाउस
Manoj Shiama
12 November, 2021 9:26 pm

प्रतियोगितामा चौथो हुने टोलीले ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगितामा विधागत पुरस्कार उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, कोच र सर्भरलाई ३ हजार तथा उत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ पुरस्कार राखिएको छ ।
प्रतियोगिताले नेपाली भलिबलकर्मीको बिचको आत्मीयता बढाउने विश्वास गरिएको छ । नेपाल जापान भलिबल सङ्घको अध्यक्षको जिम्मेवारी पुरा गरी सकेका नवीनलाई नेपाली भलिबलमा समर्पित व्यक्तित्वको रूपमा चिन्ने गरिएको छ । पूर्व राष्ट्रिय खेलाडी उनी नेपाली भलिबलमा प्रभाव राख्ने स्याङ्जाबाट भलिबल खेल्न सुरु गरेका हुन् । पछिल्लो समय पश्चिमाञ्चल क्षेत्रमा भलिबल विकासमा गरेको योगदानका कारण लोकप्रिय उनी प्रतियोगिता आयोजना, टोली व्यवस्थापन र खेलाडीको मनोबल वृद्धि गराउने कुरामा तत्पर रहेका छन् ।
गुरुङ स्पोर्ट्स हाउस स्पोर्ट्स वेयरका लागि लोकप्रिय रहेको छ । यसका उत्पादन गुणस्तरीय भएको यो हाउसका उत्पादन उपभोग गर्नेहरूले बताउँदै आएका छन् ।
