गुरुङ स्पोर्ट्स हाउस कप मङ्गलवार देखि 

गुरुङ स्पोर्ट्स हाउसको आयोजनमा सञ्चालन हुने प्रथम गुरुङ स्पोर्ट्स हाउस कप राष्ट्रिय खुला भेट्रान्स पुरुष भलिबल प्रतियोगिता मङ्गलवार सुरु हदै छ । पाँच दिने प्रतियोगितामा १६ टोलीको सहभागिता निश्चित भई सकेको आयोजक टोलीका संयोजक विकास गुरुङले जानकारी दिए ।
१५ लाख रुपैयाँ लागत रहेको प्रतियोगितामा ४० वर्ष भन्दा माथिको खेलाडीहरूको सहभागिता रहेको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक गुरुङ स्पोर्ट्स हाउसका अध्यक्ष नबिन गुरुङले प्रतियोगिताले नेपाली भलिबल खेलाडीलाई भावनात्मक रूपमा एकताबद्ध बनाउन सहयोग गर्ने बताए । प्रतियोगिताको उपाधि विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउने छ  । यसै गरी, उप विजयी टोलीले ६१ हजार १सय ११ तथा तेस्रो हुने टोलीले ३१ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउने छन् । चौथो हुने टोलीले ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउने छन् ।
प्रतियोगिता लिग कम नकआउटको आधारमा हुने छ । एक टोलीमा पाँच  खेलाडी  समावेश हुन् छन् । चार खेलाडी मैदानमा उपस्थित हुने छन् । प्रतियोगिताको आयोजनामा हङकङ बस्ने गौरव गुरुङ, हेल्प नेपाल स्पोर्ट्स क्लबका अध्यक्ष वासु श्रेष्ठ, हाल अमेरिका बस्ने राजु केसी र हाल जापान बस्ने रामु थापा ‘ काजी ’ लगायतको मुख्य भूमिका रहेको छ ।
पत्रकार सम्मेलनमा नेपाल भलिबल सङ्घका कार्यवाहक अध्यक्ष यम गुरुङ, उपाध्यक्ष निरोज मास्के, सचिव मनवीर छन्त्याल, सदस्य राज कुमार गुरुङ, रिता कोइराला, श्रीराम बोगटी र  टेक बहादुर राज भण्डारीको उपस्थिति थियो ।
Comment