सेन्चुरी बैङ्कद्वारा सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई न्यानो कम्बल वितरण
Manoj Shiama
10 December, 2021 7:01 am

सेन्चुरी कमर्सियल बैङ्क लिमिटेडले संस्थागत सामाजिक उत्तर दायित्व कार्यक्रम अन्तर्गत सीमान्तकृत वर्गका विद्यार्थीहरूको हितको लागि न्यानो कम्बल वितरण गरेको छ । काभ्रेपलान्चोक जिल्लाको चौरी देउराली गाउँपालिका वडा नं ४ छेडामा सीमान्तकृत बालबालिकाहरूलाई उच्चशिक्षा तथा सीपमूलक तालिम प्रदान गर्ने उद्देश्य सहित लक्ष्मी प्रतिष्ठान द्वारा सञ्चालन गरिएको कुमार बलराम स्मृति छात्रावासमा रहेका ४९ जना सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई जाडो मौसमको मध्यनजर गर्दै एक समारोहका बिच न्यानो कम्बल वितरण गरिएको हो ।
उक्त कार्यक्रममा लक्ष्मी प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद गौतम, प्रतिष्ठानका कार्यक्रम अधिकृत कृष्ण गौतम, सरस्वती माध्यमिक विद्यालयका
प्रधानाध्यापक बलराम खरेल, सेन्चुरी कमर्सियल बैङ्क धुलिखेल शाखाका शाखा प्रबन्धक हरिकृष्ण दाहाल, दोलालघाट शाखाका शाखा प्रबन्धक राजेश श्रेष्ठ लगायत स्थानीय प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

सेन्चुरी कमर्सियल बैङ्क लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण लगायत विभिन्न क्षेत्रहरूमा सहयोग गर्दै आएको छ ।