नेपाल पहिलो स्थानमा

भुटानसँगको खेलमा ४–० को जित हात पार्दै नेपालले यु–१९ साफ च्याम्पियनसिपको फुटबल प्रतियोगिताको फाइनल प्रवेशको सम्भावनालाई बलियो बनाएको छ । शुक्रवार प्राप्त जीतसँगै नेपाल समूहको शीर्ष स्थानमा यथावत् रहेको छ । ढाका स्थित वीर श्रेष्ठ सहिद सिपाही मोस्ताफा कमल रङ्गशालामा भएको खेलमा मेनुका आले मगरले दोस्रो मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । यसै गरी, कुसुम खतिवडाले १८ औ तथा रजनी थोकरले २१ औ मिनेटमा गोल गरे ।
मेनुकाले ७२ औ मिनेटमा थप गोल गरिन् ।
Comment