एनआईसी एसिया बैङ्कद्वारा भलिबल टोलीलाई खेल पोसाक हस्तान्तरण

Manoj Shiama
19 December, 2021 5:04 pm


बङ्गलादेशमा आयोजना हुने एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा सहभागी हुन जाने नेपाली टोलीलाई एनआईसी एसिया बैङ्कले आइतबार खेल पोसाक हस्तान्तरण गरेको छ । थापाथली स्थित बैकको केन्द्रीय कार्यालयमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले महिला टिमकी कप्तान अरुणा शाही,पुरुष टिमका कप्तान इम राना मगर र महिला टिमका मुख्य प्रशिक्षक जगदिस भट्टलाई खेल पोसाक हस्तान्तरण गरेका थिए ।  नेपालको नेतृत्व गदै बङ्गलादेशमा एसियन सेन्ट्रल जोन खेल्न जाने पुरुष तथा महिलाका सदस्यलाई उच्च मनोबलका साथ उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गदै प्रमुख कार्यकारी अधिकृत  न्यौपानेले भने– खेलाडी प्रशिक्षक तथा सहभागी टिमका लागि हाम्रो संस्थाले खेल पोसाककै रूपमा हातेमालो गर्ने अवसर पाएकोमा गर्भ महसुस गरेका छौँ । नेपालको राष्ट्रिय खेलको विकास विस्तारका लागि सबै कर्पोरेट हाउसबाट योगदान दिन हुन पनि अनुरोध गर्दछु ।
सो अवसरमा प्रशिक्षक भट्टले राष्ट्रिय खेल भलिबलको विकास र विस्तारमा बैङ्कले देखाएको चासोमा नेपाल भलिबल सङ्घ र समग्र भलिबल खेलाडी आभार व्यक्त गदै आगामी दिनमा पनि एनआईसी एसिया बैङ्कको सहयोग सद्भाव रहिरहने विश्वास व्यक्त गरे ।  बिदाइ तथा खेल पोसाक हस्तान्तरण कार्यक्रममा बैङ्कका सहायक प्रमुख कार्यकारी अधिकृत क्रिकेटर सन्तोष कुमार राठी,बैङ्कका सहायक महाप्रबन्धक नेपाल भलिबल सङ्घका उपाध्यक्ष भलिबलका राष्ट्रिय खेलाडी रञ्जन खड्कालगायतको उपस्थिति रहेको थियो ।
बैङ्कले महिला तथा पुरुष टिमका खेलाडी,प्रशिक्षक र अफिसियललाई जुता,स्पोर्टस् ब्याग,नि क्याप र मोजा उपलब्ध गराएको थियो ।