हङकङमा रहेका नेपालीको माझ ब्याडमिन्टन प्रतियोगिता

Manoj Shiama
26 December, 2021 8:59 pm

विरेन थापा र किरण बुढाथोकीले हङकङमा भएको दोस्रो चेयरम्यान कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । त्यहाँ बसोबास गर्ने नेपालीको माझमा भएको प्रतियोगितामा सहभागीलाई दुई समूहमा विभाजन गरिएको थियो । समूह कमा विरेन र किरणले उपाधि जिते भने रवि राई र प्रेम थापा उपविजेता भए ।

यसै गरी , समूह खमा चन्द्र राई र राज कुमार राई प्रथम तथा किरण राई र उत्तम गुरुङ उप विजयी भए । समूह क र समूह खमा ११ जोडीको सहभागिता रहेको थियो । हङकङबाट हङकङ ब्याडमिन्टन नेपाली समाजका अध्यक्ष हेमराज राईले दिएको जानकारी अनुसार महा वाणिज्य दूत उदय बहादुर रानाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा महिला सङ्घका अध्यक्ष तथा एनआरएनए हङकङका राधिका गुरुङको विशेष अतिथिको रूपमा उपस्थिति थियो ।

हङकङ नेपाली व्यापार सङ्घका अध्यक्ष प्रकाश पुन र युवा व्यवसायी प्रवीण किशोर राईको पनि विशेष अतिथिको रूपमा उपस्थिति थियो । प्रतियोगिता एयुंग युके स्पोर्ट्स सेन्टरमा भएको थियो ।