चन्द्रागिरि टिकट बुकिङमा फ्ल्याट ३०प्रतिशत छुट
Manoj Shiama
31 December, 2021 1:34 pm

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ ले जाडो मौसमलाई लक्षित गरी आइएमई पे मोबाइल वालेट मार्फत चन्द्रागिरि टिकट बुकिङमा फ्ल्याट ३०% क्यास ब्याकको अफर सार्वजनिक गरेको छ । सोही अफर चन्द्रागिरि टिकटहरूमा मात्र मान्य हुनेछ । क्यासब्याकको अवधि १२÷२९÷२०२१ देखि ०१÷०१÷२०२२ सम्म रहेको छ । सोही अफर आइएमई पे एपबाट खरिद गरिएको टिकटमा मात्र मान्य हुनेछ ।