एभरेस्टका खेलाडीलाई मेटाबो टुल्सको सहयोग
Manoj Shiama
9 January, 2022 10:31 am

एभरेस्ट मार्सल आर्ट्स क्लबका सिनियर खेलाडीका लागि २५ जोर ट्र्याक सुट मेटाबो पावर टुल्स नेपालका लागि आधिकारिक वितरक कुसुम इन्जिनियरिङ इन्टरप्राइजेज एन्ड ट्रेडर्सका प्रबन्ध निर्देशक कुसुम व्यञ्जनकार तथा प्राबीधीक प्रमुख राजेश प्रधानले एभरेस्ट मार्सल आर्ट्सका सिनियर खेलाडीहरूलाई उपलब्ध गराएका थिए।
एभरेस्ट मार्सल आर्ट्सका खेलाडीहरूलाई नेपाली काँग्रेस प्रदेश प्रमुख क्षेत्र नं ९का मोहन बस्नेत , प्रदेश सचिव श्रावण कुमार र समाज सेवी र पूर्व खेलाडी राजु सिंहले खेलाडीहरूलाई ट्र्याक सुट ब्याग र ज्याकेट हस्तान्तरण गरे।
उक्त कार्यक्रम एभरेस्ट मार्सल आर्ट्स क्लबमा भएको थियो। यस कार्यक्रममा क्लबका अध्यक्ष रञ्जिता रिजाल र प्रमुख प्रशिक्षक रवि शाहीको उपस्थिति थियो।