कीर्तिपुरको विजयी सुरुआत
Manoj Shiama
14 February, 2022 9:38 pm

पुरुषमै सुजन महर्जनको ३१ अङ्क सहयोगमा ड्रिम टिमले शङ्कर देव क्याम्पसलाई ८३–४८ ले सहजै हरायो । शङ्करदेवका राजेश ठकुरीले १६ अङ्क जोडे ।पहिलो क्वाटरमा १५–१४ को झीनो अग्रता लिएको ड्रिम टिमले अन्तिमसम्म अग्रतालाई जोगाइ राख्यो । ड्रिम टिमले दोस्रोमा २३–१३, तेस्रोमा ३२–१२ र चौथोमा १३–९ अङ्क जोड्यो ।
नेपाल बास्केटबल सङ्घद्वारा आयोजित प्रतियोगिताको महिलामा रोयल बास्केटबल एकेडेमीले ललितपुर हाई माथि ४८–३९ को जित दर्ता ग¥यो ।
पहिलो क्वाटरमा १४–१० को अग्रता बनाएको रोयल दोस्रोमा ९–९ को बराबरीमा रोकियो । तेस्रो क्वाटरमा रोयल ८–१२ ले पछि परेपछि खेल ३१–३१ को बराबरीमा पुगेको थियो । चौथो तथा अन्तिम क्वाटर रोयलले १७–८ ले आफ्नो पक्षमा पार्दै जित सुनिश्चित ग¥यो ।
आयोजक सङ्घका अध्यक्ष स्व. लामा टेन्डी शेर्पाको स्मृतिमा आयोजित प्रतियोगिताको लामाका पिता लामा पासाङ शेर्पा र दाइ नवाङ निमा लामाले उद्घाटन गरे । फागुन १२ गतेसम्म चल्ने प्रतियोगिताको पुरुषमा १३ र महिलामा ५ टिम सहभागी छन् ।
