क्षेत्रीय आईटीएफ तेक्वान्दो प्रतियोगितामा पाल्पा जिल्ला च्याम्पियन

Manoj Shiama
14 March, 2015 10:05 am

पोखरा
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा पोखरामा सञ्चालित क्षेत्रीय आईटीएफ तेक्वान्दो प्रतियोगितामा पाल्पा जिल्ला च्याम्पियन बनेको छ।
कुल १० स्वर्ण, १० रजत र २० कास्यपदकको लागि भएको प्रतियोगितामा शुक्रबार पाँच स्वर्ण, तीन रजत र एक कास्यपदक हात पार्दै पाल्पा जिल्ला च्याम्पियन बनेको हो। यस्तै तीन स्वर्ण, तीन रजत र चार कास्यपदक जितेको बागलुङ दोस्रो तथा दुई स्वर्ण र दुई कास्यपदक हात पारेको कास्की तृतीय भएको छ। सात जिल्लाको सहभागिता रहेको प्रतियोगितामा अर्घाखाँचीले एक रजत र सात कास्य, नवलपरासीले एक रजत र दुई कास्य तथा तनहुँले एक कास्य हात पारेको थियो।
शुक्रबार महिला ४१–४५ केजी तौल समूहमा भएको फाइनलमा कास्कीका मसिना तामाङ प्रथम, पाल्पाका मुना दिशा द्वितीय तथा अर्घाखाँचीका सुजाता श्रेष्ठ र बागलुङका विनु पुनमगर तृतीय भए। ४६–५० केजी तौल समूहमा बागलुङका करिश्मा घर्तीमगर प्रथम, पाल्पाका सुशीला थापा द्वितीय तथा नवलपरासीका टाटारानी थापा र अर्घाखाँचीका अस्मिना थापा तृतीय भए।
५१–५५ केजी तौल समूहमा कास्कीका सजना तामाङ प्रथम, अर्घाखाँचीका आयुसा कार्की द्वितीय तथा पाल्पाका शलिना गाहा र बागलुङका बन्धना घर्तीमगर तृतीय भए।५६–६० केजी तौल समूहमा बागलुङका कामना पुनमगर प्रथम, पाल्पाका सुस्मिता सूर्यवंशी द्वितीय तथा कास्कीका चिनु तामाङ र अर्घाखाँचीका अस्मिता रामजाली तृतीय भए।६१–६५ केजी तौल समूहमा पाल्पाका प्रेमकला राना प्रथम, बागलुङकामीना कुँवर द्वितीय तथा गुल्मीका सिमा खासु र अर्घाखाँचीका दिप्ती सारु तृतीय भए।
यस्तै पुरुष ४६–५० केजी तौल समूहम बागलुङका दीपक गौतम प्रथम, पाल्पाका विमल राना द्वितीय तथा कास्कीका सञ्जय सुनार र अर्घाखाँचीका रेशम श्रेष्ठ तृतीय भए। ५१–५५ केजी तौल समूहमा पाल्पाका विकल पौडेल प्रथम, कास्कीका आविष्कार सुनार द्वितीय तथा बागलुङका रविन बुढामगर र गुल्मीका दीपक जिसी तृतीय भए। ५६–६० केजी तौल समूहमा पाल्पाका दिनेश बुढामगर प्रथम, नवलपरासीका मनबहादुर चौधरी द्वितीय तथा बागलुङका प्रतीक घर्तीमगर र अर्घाखाँचीका मनोज थापा तृतीय भए। ६१–६५ केजी तौल समूहमा पाल्पाका पूर्णबहादुर थापा प्रथम, बागलुङका विकास थापा द्वितीय तथा अर्घाखाँचीका राजन रसायली र गुल्मीका रविन्द्र बुढामगर तृतीय भए। ६६–७० केजी तौल समूहमा पाल्पाका प्रविन बुढामगर प्रथम, बागलुङका चुरा महत द्वितीय तथा तनहुँका सुरेश कुमाल र नवलपरासीका महेश कुँवर तृतीय भए।
विजेता तथा उपविजेता खेलाडीलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कोषाध्यक्ष रतन गुरुङ, कार्यालय प्रमुख डेमबहादुर बस्नेत, कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल, क्षेत्रीय लेखा अधिकृत प्रजापति दाहाल, नासु डीबी नेपाली, आईटीएफ तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री अजन धमला र आईटीएफ तेक्वान्दोका पश्चिमाञ्चल प्रमुख थमबहादुर वहिकमगरलगायतले शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए।