Manoj Shiama
17 March, 2022 10:28 pm

फागु पुर्णिामाको अवसरमा पिपलनेटा बजार विकास संस्था भुमिकास्थान नगरपालिका वडा नै १ र २ को संयुक्त आयोजनामा सुरु भएको प्रतियोगिताको भुमिकास्थान नगरपालिकाका नगरप्रमुख रेसम थापाले उद्घाटन गरे । कार्यक्रममा नगर प्रवक्ता बाबुराम पन्थी सुनार, भुमिकास्थान १ का वडाध्यक्ष भोजराज खनाल, २ का वडाध्यक्ष बुद्धिबहादुर थापा, ५ का वडाध्यक्ष तुल्सिराम बेल्वासे, राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका सदस्य कविराम खनाल र नेकपा (एमाले) भुमिकास्थान नगर उपाध्यक्ष चिरञ्जीवी खनाल लगायतको आतिथ्य रहेको थियो ।
उद्घाटन समारोह पिपलनेटा बजार विकास संस्थाका अध्यक्ष तिलक खनालको अध्यक्षता, विष्णु शर्माको सञ्चालन र टेकराज भुसालको स्वागत मन्तव्यमा सम्पन्न भएको हो ।
