कार्यक्रमको सफलताको उत्साहित संयोजक थापा

Manoj Shiama
23 March, 2022 7:55 am
जी पी कोइराला मेमोरियल फाउन्डेसन खेलकुद विभाग बाग्मती प्रदेशकी प्रमुख तुलसी थापा मगरले  फाउन्डेसनले आफूलाई दिएको अवसर प्रति आभार व्यक्त गरेकी छिन् ।
उनकै संयोजकत्वमा प्रदेश कमिटीको आयोजनामा दुई दिन अघि सम्पन्न प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिपको आयोजनामा क्रममा सहयोग गर्ने सबै प्रति कृतज्ञ हुँदै थापाले भविष्यमा पनि यसै खाले सहयोगको  अपेक्षा गरेको बताएकी छिन् ।
उनले आफ्नो नेतृत्वमा रहेको कमिटीले भविष्यमा पनि थप सृजनात्मक कार्यक्रम गर्ने योजना रहेको बताएकी छिन् ।