योग बहादुर भरतपुर महानगर खेलकुद महासङ्घका अध्यक्ष
Manoj Shiama
26 March, 2022 3:48 pm

अधिवेशनको महासङ्घका अध्यक्ष कृष्ण बस्नेत (परशुराम) ले भरतपुर स्थित नेकपा एमालेको पार्टी कार्यालयमा उद्घाटन गरे । नेकपा एमालेको जन वर्गीय सङ्गठन नेपाल खेलकुद महासङ्घले ५ सम्ममा ७७ जिल्ला तथा सबै पालिका अन्तर्गतका कमिटी हरू बनाउँदै क्रियाशील बनाउने नीति लिएको छ ।

खेलकुदलाई मनोरञ्जन र अतिरिक्त क्रियाकलाप मात्र नसम्झेर खेलकुद मानव जीवनको अनिवार्य क्रियाकलापका रूपमा लिनु पर्ने कुरामा प्रदेश न १ खेलकुद विकास बोर्डका सदस्य सचिव तथा नेपाल खेलकुद महासङका अध्यक्ष कृष्ण बस्नेत(परशुराम) ले जोड दिए ।
कार्यक्रममा महासङ्घका निवर्तमान उपाध्यक्ष ओमकृष्ण प्रसाईँ, दीपेन्द्र दाहाल र कोषाध्यक्ष विदुर शर्मा लगायतको उपस्थिति थियो । यसै गरी, उपमहासचिव धरम बहादुर लामा, उमेश केसी, सचिव कपिल न्यौपाने, महासङ्घका बागमती अध्यक्ष सिताराम कार्की तथा नेकपा एमाले चितवन जिल्ला कमिटीका उपाध्यक्ष कमल पाठक र उपसचिव निशा अधिकारी लगायत सो कार्यक्रममा उपस्थित थिए ।