खेलाडीको जीवन बिमा देखि खेलाडी जीवन पछि सुरक्षित भविष्य पौडेल प्यानलको चासो

अखिल नेपाल फुटबल सङ्घको आसन्न अधिवेशनका लागि हुन लागेका उमन्स फुटबल समितिको निर्वाचनका लागि विमला पौडेलले प्यानल सहित उम्मेदवारी दर्ता गरेको छ ।
सो प्यानलले आफ्नो घोषणा पत्र समेत सार्वजनिक गरेको छ । सो घोषणा पत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको हितका लागि अक्षयकोष स्थापन गर्ने, जीवन बिमा गर्ने र ग्रास रुटको फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने कुरा उल्लेख छ । यसै गरी, एकेडेमी सञ्चलन गर्ने कुरा पनि सो घोषणा पत्रमा उल्लेख छ ।
सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको अवकाश प्राप्त खेलाडीलाई इच्छा अनुसारको रोजगारीको अवसर सृजना गर्ने पनि सो घोषणा पत्रमा उल्लेख गरिएको छ ।
नेपालको कर्पोरेट क्षेत्र तथा शिक्षा क्षेत्रका प्रबुद्ध व्यक्तित्वहरू पनि यस टिमसँग नजिक रहेका कारण  अवकाश प्राप्त खेलाडीलाई उपयुक्त रोजगारको व्यवस्था गराउन सक्ने खुबी रहेको जनाइन्छ ।
अनुशासन , सामूहिक नेतृत्व र पारदर्शीताको कुरा पनि अहिले उठी रहेको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)सँगै सहकार्य गर्दै कम्तीमा वर्षको चार महत्त्वपूर्ण प्रतियोगिताको आयोजना गर्ने पनि घोषणा पत्रमा उल्लेख छ ।
Comment