उत्साहका साथ तयारीमा जमेको रग्बी टोली

एसिया रग्बीको आयोजनामा हुन गई रहेको एसिया रग्बी सेभेन्स ट्रफी २०२२ ( एआरएसडी) मा नेपालको राष्ट्रिय टिम सहभागी हुने भएको छ । नेपालको यो चौथो पटकको सहभागिता हो ।
इन्डोनेसियाको जकार्तामा ६ र ७ अगस्टमा हुने प्रतियोगितामा सहभागी जनाउने टोलीको बन्द प्रशिक्षण काठमाडौंमा जारी छ । नेपालले महिला स्पर्धामा मात्र सहभागिता जनाउँदै छ । देशभरिका ३५ खेलाडी बन्द प्रशिक्षणमा सहभागी छन् ।
नेपाली पुरुष रग्बी टोलीले भने भर्खरै बङ्गलादेशमा भएको वङ्गबन्धु बङ्गलादेश नेपाल अन्तर्राष्ट्रिय रग्बी सिरिजमा सहभागिता जनाएको थियो ।
उक्त बन्द प्रशिक्षणबाट दोस्रो चरणमा  १६ खेलाडी छनोट गरिने छनोट कमिटीका संयोजक गोपाल क्षेत्रीले जानकारी दिए ।
उक्त बन्द प्रशिक्षणमा टङ्क राज गिरि  र विनोद तामाङले प्रशिक्षण दिई रहेका छन् ।
पहिलो पटक नेपाली आर्मीका खेलाडी पनि बन्द प्रशिक्षणमा समावेश भएका छन् । प्रशिक्षण पनि नेपाल आर्मीको अन्तर्राष्ट्रिय खेल मैदान लगनखेलमा भइरहेको छ ।
Comment