राष्ट्रपति अभिवृद्धिमा रग्बीको उत्साहजनक उपस्थिति 

हालै सम्पन्न राष्ट्रपति महिला सहभागिता अभिवृद्धि कार्यक्रम सञ्चालन भएका २१ जिल्ला मध्ये १९ मा नेपाल रग्बीको पनि उत्साहजनक उपस्थिति थियो । भोजपुर र सुर्खेत बाहेकका अन्य जिल्लामा रग्बीको उपस्थिति थियो । सुर्खेत पनि रग्बीमा गुमनाम जिल्ला भने होइन ।
सुदूरपश्चिमको डडेलधुरा देखि सुदूर पूर्वको इलामसम्म रग्बी खेलाडीहरू यस क्रममा छाएका थिए । त्यसो त कर्णालीको जुम्ला देखि मधेसका सिराहा र सर्लाहीसम्म रग्बीका  गतिविधि भए ।

यस अभिवृद्धि कार्यक्रममा  खेलकुदमा महिला सहभागिता तथा रग्बी खेल मार्फत नेपाली चेलीले प्राप्त गर्न सक्ने उपलब्धिका बारे जानकारी दिइएको थियो ।

अन्य जिल्लामा पुरुष प्रशिक्षक सहभागी भए पनि काठमाडौं उपत्यकाका पन्चमाया श्रेष्ठ , सावित्री पुर्जा र सृजना राई प्रशिक्षक थिए । यो अभिवृद्धि कार्यक्रमले नेपाली रग्बीलाई अगाडी बढाउन ठुलो सहयोग गर्ने विश्वास लिएको नेपाल रग्बी सङ्घका सचिव गोविन्द घिमिरेले बताए ।

Comment