नेपाल पहिलो चरणबाट बाहिर 

 भारतमा सम्पन्न यु–२० फुटबल प्रतियोगितामा नेपाल पहिलो चरणबाट बाहिरिएको छ । बंगलादेशसँग १–१ गोलको बराबरी भए पछि नेपालको यात्रा पहिलो चरणमै सीमित भएको  हो ।  मङ्लबार नै भएको खेलमा भारतले मालदिभ्सलाई हराए पछि नेपाल औपचारिक रूपमा बाहिरिएको हो ।
प्रतियोगितामा सुरुवाती दुई खेलमा मालदिभ्स र श्रीलंकालाई हराएर सानदार सुरुवात गरेको नेपाल तेस्रो खेलमा भारतसँग ८–० को फराकिलो अन्तरले  पराजित भएको थियो । चौथो खेलमा बंगलादेशसँगको बराबरीसँगै नेपाल ७ अङ्कमा सीमित भएको हो ।
बंगलादेश १० अङ्क सहित समूहमा पहिलो भयो भने भारत ९ अङ्क सहित दोस्रो भयो । पुछारमा रहेका दुई टोली श्रीलंका र मालदिभ्स १ आपसमा बराबरी गर्दै १ अङ्कमा सीमित भए । फाइनल प्रवेश गरेका भारत र बंगलादेश बिच शुक्रवार उपाधिका लागि भिडन्त हुने छ ।
मङ्गलबार भएको खेलमा बंगलादेशका अहमद नोभा र नेपालका निरञ्जन मल्लले गोल गरे । ६३ औ मिनेटमा नोभाले सहज अवसरलाई गोलमा परिणत गरे भने मल्लले  त्यसको ५ मिनेट पछि नै सानदार गोल गरे । तनावग्रस्त खेलमा ३ रातो कार्ड देखाइएको थियो । नेपालका दीपेश गुरुङ र रोहित सुब्बा तथा बंगलादेशका शहिदुल इस्लामले रातो कार्ड पाए । हात हालाहालमा संलग्न भएका कारण बेन्चमा रहेका रोहितलाई रातो कार्ड देखाइएको हो ।
खेलमा दुवै टोलीले केही राम्रा अवसर गुमाएका थिए । पहिलो हाफमा आक्रामक रहेको नेपालले सुरुवातमै केही राम्रो अवसर गुमाएको थियो । १५ औ मिनेट कप्तान आयुश घलानको प्रहारले बंगलादेशका रक्षकलाई लाग्दै बाहिर गएको थियो ।
३३ औ मिनेटमा दीपेश गुरुङले उत्कृष्ट फ्रिकीक प्रहारे गरे पनि बंगलादेशी गोलरक्षकले त्यसलाई त्यत्तिकै उत्कृष्ट ढंगले बचाएका थिए ।
दोस्रो हाफमा बंगलादेश धेरै पटक गोलको नजिक पुगे पनि नेपाली गोलरक्षकले उत्कृष्ट बचाउ गरेका थिए ।
Comment