आदर्श योगहरि पहिलो
Manoj Shiama
3 August, 2022 2:01 pm

चौथो सृजना अन्तर विद्यालय तेक्वान्दो च्याम्पियनसिपमा आदर्श योगहरि स्कुल पहिलो भएको छ ।
सो विद्यालयका रित्तिका दर्नालले स्वर्ण पदक जितिन् भने रस्ना श्रेष्ठले एकल तथा समूह तथा जस्मिना श्रेष्ठले एकल तथा टिममा स्वर्ण जिते । यसै गरी दिपसना डङ्गोल,संयोग खत्री,नवीन अवस्थी, मोनी श्री चन्द र दीपेश तामाङले पनि स्वर्ण जिते । प्रशान्त बस्नेत र रोनीया परियारले पनि स्वर्ण पदक जिते । यसै गरी, उत्सव परियारले एक रजत र कास्य पदक जिते । निशान्त अवस्थी,आयुषा पोखरेल,प्रन्जेल दवाडी र सिबानी श्रेष्ठले रजत पदक जिते । जेसन बास्तोला र नुमासा लिम्बुले कास्य पदक जिते ।

टोलीको प्रदर्शनबाट खुसी भएको प्रशिक्षक रमिला खत्रीले बताइन् । खत्रीले आगामी प्रतियोगितामा आफ्ना खेलाडीले अझ उत्कृष्ट प्रदर्शन गर्ने विश्वास राखेको बताइन् ।