बौद्धमा लिनिङको नयाँ सो रुम
Manoj Shiama
18 September, 2022 2:52 pm

चर्चित स्पोर्ट्स वेयर तथा खेल सामग्री लिनिङको नयाँ सो रुम बौद्धको टुसालमा स्थापना भएको छ । सो रुमको प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला ‘ ज्वाला’ले आइतबार उद्घाटन गरे ।कार्यक्रममा नेपाल आइटीएफका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य अञ्जन धमला विशेष अतिथी थिए ।
काठमाडौं महानगरपालिका –६ बौद्ध टुसालमा रहेको सो सो रुममा युवा व्यवसायी प्रेम तामाङको स्वामित्व छ ।
पछिल्लो समय खेल पोसाक र खेल सामग्रीका लागि लोकप्रिय बन्दै गएको लिनिङ, फुटबल, बास्केटबल, टेबल टेनिस र ब्याडमिन्टन खेलाडीका माझमा लोकप्रिय छ ।
