स्वस्तिक तेक्वान्दोको बेल्ट टेस्ट
Manoj Shiama
17 November, 2022 9:02 am
नेपाल तेक्वान्दो सङ्घको वार्षिक कार्यक्रम अनुसार बुधवार दिन ललितपुर महालक्ष्मी नगरपालिका ४ इमाडोल मा स्वस्तिक तेक्वान्दो डोजाङले जुनियर बेल्ट ग्रेडिङ सम्पन्न भएको छ । प्रेम दर्नाल प्रमुख प्रशिक्षक रहेको सो डोजाङ स्थानीय स्तरमा लोकप्रिय छ ।
सो डोजाङका प्रशिक्षक रमन थापा रहेका छन् । रमिला खत्रीले बेल्ट ग्रेडिङ लिएकी थिइन् । स्वस्तिक डोजाङले ५० खेलाडीलाई बिहान र बेलुका दुवै समय दैनिक प्रशिक्षण दिँदै आएको छ ।

सो डोजाङमा प्रशिक्षित खेलाडीले केही प्रतियोगितामा सफलता पाएका छन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गने स्वस्तिक डोजाङको लक्ष्य रहेको दर्नालले बताए ।