हप्किडो अन्तर्राष्ट्रिय सेमिनार तथा च्याम्पियनसिप सुरु
Manoj Shiama
4 February, 2023 4:19 pm

दोस्रो अन्तर्राष्ट्रिय हाप्किडो सेमिनार तथा सातौँ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप शनिवार सुरु भयो । सेमिनारको प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्क लाल घिसिङले उद्घाटन गरे । सो अवसरमा ग्लोबल हाप्किडोका अध्यक्ष ग्रान्डमास्टर हि क्वान ली, अन्तर्राष्ट्रिय हाप्किडो महासङ्घका अध्यक्ष ग्रान्डमास्टर गेरहार्ड अग्रिन्ज र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलको पनि उपस्थिति थियो ।

प्रतियोगितामा फाइट र सेल्फ डिफेन्स डेमोन्सट्रेसन समावेश छन् । दुई दिने प्रतियोगितामा सत वटै प्रदेशका कुल ७ सय खेलाडीको सहभागिता रहेको अध्यक्ष मगरले जानकारी दिए ।