सङ्गीता, चन्द्रकला र सरस्वती छनोट

Manoj Shiama
9 February, 2023 6:24 am
भारतको राजधानी नयाँ दिल्लीमा १३ देखि २७ मार्चसम्म सञ्चालन हुन गइरहेको विश्व महिला च्याम्पियनसिपका लागि नेपालका चन्द्रकला थापा, सङ्गीता सुनार र सरस्वती राना मगर छनौट भएका छन् ।
नेपाल बक्सिङ सङ्घद्वारा आयोजित राष्ट्रव्यापी खुल्ला छनौट प्रतियोगिताको फेदर वेट ५७ किलो तौल समूहको फाइनल खेलमा आर्मीका चन्द्र कला थापाले झापाका सुस्मिता राईलाई ५ः० अङ्कको आधारमा पराजित गर्दै छनौट भएकी थिइन् । ६० किलो तौल समूहको फाइनल खेलमा एपीएफका सङ्गीता सुनारले आर्मीका निरु गुरुङलाई ४ः१ अङ्कको आधारमा पराजित गर्दै छनौट भएकी थिइन् । सङ्गीताले लगातार १० वर्ष यस खेलमा प्रभाव राखेकी छिन् ।
त्यसै गरी  मिडिल वेट ७५ किलो तौल समूहको फाइनल खेलमा एपीएफका सरस्वती राना मगरले झापाका त्रिसा जवेगुलाई ५ः० अङ्कको आधारमा पराजित गर्दै छनौट भएकी थिइन् ।