सङ्घ विघटनको माग बढ्दो

नेपाल सुटिङ सङ्घमा पछिल्लो समय भएको मौनताले धेरैलाई अचम्ममा पारेको छ । संघले खेलाडी माथि गरेको भेदभावको आलोचना सुरु भएको छ । पूर्व ओलम्पियन टिकाराम श्रेष्ठ र महासचिव त्रिलोचन श्रेष्ठ सहितले सङ्घ पुनर्गठनको माग सहित राष्ट्रिय खेलकुद परिषद्मा दर्ता गराएको निवेदन प्रति धेरै खेलाडीले साथ रहेको जनाएका छन् ।
अहिले सुटिङ सङ्घको इमेल समेत अध्यक्ष पुष्पदास श्रेष्ठको व्यक्तिगत मेल प्रयोग भएको कुरामा परिषद्को ध्यानाकर्षण भएको छ । त्यसो त राष्ट्रिय खेलकुद परिषद्ले गराएको बाहेक एउटा पनि प्रतियोगिता आयोजना गर्न सङ्घ असफल भएको छ ।
कुनै पनि निर्णय गर्दा सङ्घको बैठक बस्ने गरेको छैन । मुख्य प्रशिक्षकलाई कुने पनि बैठकमा समावेश नगर्ने तथा आफू खसी निर्णय गर्ने गरिएको छ । संघले एकलौटी रूपले प्रशिक्षणमा मनपरी गरेको धेरैको मत छ ।
लामो समय देखि खेल सामग्रीको व्यवस्था गर्न नसकेका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नेपाली सुटिङ बरबाद हुँदै आएको छ । ललीतपृुरको सातदोबाटो बाहेक नेपालमा अन्यत्र रेन्ज छैन । अन्य कुनै सामग्री पनि छैन । जिल्ला सङ्घ गठन भए पनि धेरै संघले केही गर्न सकेका छैन । नेपालगञ्मा रेन्जका साथै न्यून हतियार छन् । आठौँ राष्ट्रिय खेलकुदको समयमा परिषद्ले रेन्ज तयार गरे पनि सङ्घको प्रयासमा कतै भएका छैनन् । जिल्ला संघले भने आफ्नै पहलमा केही हतियार व्यवस्था गरेको छ ।
धेरै हात हतियार प्रशिक्षणका लागि उपलब्ध समेत नगराइए पछि खिया लागेर बिग्रने अवस्थामा छन् ।
इट्टाले होल्डीङ गरेर खेल खेल्न आएको घटना नवौँ राष्ट्रिय खेलकुदको समयमा भएको हो । अन्तर्राष्ट्रिय खेलाडी हरि थापा भन्छन्, ‘कमसे कम पुराना हतियार त्यत्तिकै थन्क्याएर राख्नुको साटो एक या दुईका दरले दिएको भए होल्डीङको अभ्यासका लागि यो उपयुक्त हुन सक्थ्यो नि ।’
परिषद्ले तत्काल छानबिन र कारबाही आवश्यक रहेको जनाइएको छ । वर्तमान सङ्घ नेतृत्व खराब हुनुको बाबजुद पनि परिषद्को चासो नदेखे पछि आत्मविश्वासमा साथ अघि बढेको छ । विधान समेत सुटिङ आव व्यक्तिलाई नदिएर आफ्ना आसेपासे जम्मा गरेर सङ्घ गठन गर्दै उनी हिँडेका छन् । जिल्ला संघले विधान माग गर्दा पनि नदिइएको गुनासो धेरै जिल्लामा छन् । यसलाई विधान विपरीत भएकाले राष्ट्रिय खेलकुद परिषद्ले पनि चासो दिनु पर्ने आवश्यकता देखिएको छ ।