निवास र ओम टोकियोतर्फ
Manoj Shiama
2 April, 2015 10:00 am
नेपाल सोतोकान कराते संघ (एसकेआईएफ) काउपाध्यक्ष एवं प्रमुख प्रशिक्षक निवास गोपाल वैद्य तथा संघकै सचिवएवं वरिष्ठ प्रशिक्षक ओम नारायण श्रेष्ठ दोश्रो एसकेआईएफ अन्तर्राष्ट्रिय सेमिनारमा सहभागी हुन बुधबार जापानको टोकियो प्रस्थान गरेका छन् ।
अप्रिल ३ देखि ५ तारिखसम्महुने सेमिनारमा टेक्निकल सेमिनार, रेफ्री क्लिनिक÷सेमिनार तथाडान ग्रेडिङ हुनेछ । वैद्य पाँचौं र श्रेष्ठ चौथो डान हुन् । सोतोकान कराते डो अन्तर्राष्ट्रिय महासंघ, जापानको आयोजनामा हुने सेमिनारमा ७० भन्दाबढी राष्ट्रको सहभागिता रहने बताइएको छ ।
उनीहरुलाई नेपाल कराते महासंघका अध्यक्ष एवं एसियाली प्यासिफिक सितोरियो कराते महासंघका प्रथम उपाध्यक्षदावा गुरुङ, एसकेआईएफका अध्यक्ष नरेश प्रसाद श्रेष्ठ लगायतले बुधबारै एक कार्यक्रमबीच बिदाइ गरे ।