एसियाली कराते च्याम्पियनसिपको तयारी पुरा
Manoj Shiama
14 June, 2023 12:31 pm

सातौँ एजीकेएफ कराते च्याम्पियनसिपको तयारी पुरा भएको छ । च्याम्पियनसिप शुक्रवार र शनिवार दशरथ रङ्गशालामा हुने छ । नेपाल गोजुरियो कराते सङ्घको आयोजनामा हुने प्रतियोगिता अघि बिहीबार उडल्यान्ड होटेलमा रेफ्री सेमिनारको आयोजना हुने सङ्घका सचिव सानुबाबु गिरिले जानकारी दिए ।
प्रतियोगितामा ५२ स्पर्धामा ४ सय ५० खेलाडीले सहभागिता जनाएका छन् । प्रतियोगिताको लागत ३० लाख रुपैयाँ रहेको छ ।