उसु टोलीको बिदाइ
Manoj Shiama
25 July, 2023 6:05 pm

मित्र राष्ट्र चीनको छेन्दु सहरमा २६ जुलाई देखि ८ अगस्टसम्म हुने ३१ औ समर युनिभर्सीयाडमा सहभागी हुने चार उसु खेलाडीलाई नेपाल उसु महासङ्घले बिदाइ गरेको छ ।
नेपाल उसु महासङ्घका उपमहासचिव राजीव महर्जन, महासङ्घका सचिव नवीन बस्नेत, मुख्य प्रशिक्षक अमर कुमार थिङ्ग, सहायक मुख्य प्रशिक्षक गणेश अर्याल, सहायक प्रशिक्षक शैलेन्द्र श्रेष्ठ, सहायक प्रशिक्षक रोशन बुढाथोकी लगायतको उपस्थितिमा बिदाइ तथा शुभकामना कार्यक्रम सम्पन्न भयो ।
सहभागी ४ खेलाडीमा विजय सिन्जाली, निमा घर्ती मगर, पासाङ शेर्पा र जुनु स्याङ्बो रहेका छन । विजय सिन्जाली १३ औँ साग गेमको स्वर्णधारी हुन भने निमा घर्ती मगर १२ औँ र १३ औँ साग गेममा स्वर्ण पदक विजेता खेलाडी हुन । विजय, निमा र पासाङ चीनमा हुन गइरहेको १९ औँ एसियाली खेलकुदको लागि पनि छनोट भएका खेलाडी हुन ।