सिलिसाको उत्कृष्ट प्रदर्शन
Manoj Shiama
24 September, 2023 10:11 am

१९ औ एसियाली खेलकुदमा १० मिटर एयर राइफलमा नेपालकी सिलिसा रायमाझीले राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । यस अघि कल्पना परियारको नाममा रहेको ६१६.८ स्कोरको कीर्तिमान भङ्ग गर्दै उनले ६१६.९ स्कोरको कीर्तिमान कायम गरेकी हुन् । आइतबार छनोट खेलमा उनले सो कीर्तिमान कायम गरेको जनाइएको छ ।