रमेश बाग्मती प्रदेश अध्यक्ष
Manoj Shiama
26 November, 2023 9:14 pm

आइडब्लुएफएन कराते डो सङ्घ बाग्मती प्रदेशको अधिवेशनले रमेश पहरीलाई अध्यक्षमा चयन गरेको छ । आइतबार भएको प्रदेश अधिवेशनले प्रजिल श्रेष्ठलाई उपाध्यक्ष तथा प्रज्वल श्रेष्ठलाई सचिवमा चयन गरेको छ । चानस गिरि सह सचिव तथा रश्मि लामा कोशाध्यक्ष भए । राम बहादुर घले, रामकृष्ण घिमिरे,जिरामान स्याइतान र रिता थापा मगर सदस्य चुनिए ।
बाग्मती प्रदेश सरकारका श्रम तथा रोजगार मन्त्री लक्ष्मण लम्सालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बाग्मती प्रदेश खेलकुद परिषद्का सदस्य धन कुमार मैनाली तथा आइडब्लुएफएन करातेमा मुख्य प्रशिक्षक बुद्ध नेगीको उपस्थिति थियो ।
