चितवनको पहिलो जित
Manoj Shiama
1 December, 2023 8:57 pm

दोस्रो नेपाल सुपर लिगमा चितवन एफसीले पहिलो जित हात पारेको छ । चितवनले शुक्रवार भएको खेलमा वीरगन्ज युनाइटेड एफसीलाई २–१ ले हराएको हो ।
२९ औ मिनेटमा विमल घर्ती मगरको गोलमा अग्रता लिएको चितवनको विरुद्धमा ५५ औ मिनेटमा वीरगन्जका एइकिन कायवाफरले गोल गरे ।
चितवनका लागि चितवनका टोरीक जेब्रिनले ६८ औ मिनेटमा विजयी गोल गरे । उनी खेलका म्यान अफ द म्याच समेत घोषित भए ।