सात दिने कोचिङ कोर्सको पहिलो चरण सम्पन्न

Manoj Shiama
16 December, 2023 8:03 pm

एएफसी सी डिप्लोमा सात दिने कोचिङ कोर्सको पहिलो चरण सोमबार कास्कीको पोखरामा सम्पन्न भयो। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को प्राविधिक सहयोगमा कास्की जिल्ला फुटबल सङ्घको आयोजनामा कोर्स सञ्चालन भएको हो । उद्घाटन समारोहमा कास्की जिल्ला फुटबल सङ्घका अध्यक्ष उज्ज्वल रञ्जित लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो । प्रमुख अतिथि गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले कोचिङ कोर्सको महत्वबारे प्रकाश पार्दै प्रेरणादायी मन्तव्य राखेका थिए । कार्यक्रममा कास्की जिल्ला खेलकुद समितिका अध्यक्ष तोरण बानियाँ, पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदार र कास्की जिल्ला फुटबल सङ्घका सदस्यहरूले समेत सम्बोधन गरेका थिए ।

कार्यक्रममा अतिथिहरूले सहभागीहरूप्रति शुभकामना व्यक्त गरेका थिए । AFC कोचिङ कन्भेन्सन सदस्यता प्राप्त गरेपछिको यो चौथो कोर्स हो। कोर्स दुई चरणमा सञ्चालन हुनेछ र प्रशिक्षकको रूपमा  सञ्जित सिंह र  हरि खड्का रहनु भएको थियो । एएफसी कोचिङ कन्भेन्सनको निर्देशिका अनुसार एन्फाले यो पाठ्यक्रम तयार गरी सञ्चालन गरिरहेको छ । कोर्समा गण्डकी, बागमती, मधेस, कर्णाली प्रदेशका २४ जना प्रशिक्षक सहभागी छन् ।

सहभागीहरूमा सुवास तामाङ, ओम गुरुङ, सविन कुमार श्रेष्ठ, सन्तोष कुमार सिंह, बेल कुमार गुरुङ, नरेश खत्री, योगेन्द्र थकाली, सुनिल राना मगर, प्रमल थापा, दीपेन्द्र तामाङ, निशान भक्त श्रेष्ठ, सन्तोष केसी, सञ्जय बि.क, सुमन गुरुङ , गौरव फुयाँल , ग्युर्मे रिग्जिन गुरुङ, रमेश दङ्गाल, राजु गुरुङ, विष्णु के.सी, हरिकृष्ण महर्जन, शुक्रमान तामाङ, नारायण मानन्धर, दिलीप कुमार गुरुङ र राजु महर्जन छन्। यस कोर्सको दोस्रो चरण २२ देखि २६ पुससम्म  सञ्चालन हुने छ ।