सेमिफाइनलको समिकरण पुरा

Manoj Shiama
9 April, 2015 10:21 pm

दोस्रो नयाबजार कप खुला राष्ट्रिय पुरुष भलिबल सेमिफाइनलको समिकरण पुरा भएको छ ।  बिहिवार भएको खेलबाट नेपाल आर्मी क्लब,नेपाल ,सशस्त्र प्रहरीको एपिएफ क्लब,स्याङ्जाको आधिखोला स्पोर्ट्स क्लब र आयोजक नया बजार सामाजिक युवा क्लब अन्तिम चारमा पुगेका छन । प्रतियोगीताको पहिलो खेलमा एपिएफले आधीखोला स्पोर्ट्स क्लब बिरुद्ध ३–१ को सेट जित निकाले पछि अपराजित रहदै सेमिफाइनलमा पुगेको छ । एपिएफले पहिलो सेट २५–१७ र दोस्रो सेट २५–१६ ले जितेको थियो । तर तेस्रो सेटमा भारतिय मुलुकका खेलाडीले भरिपुर्ण आधिखोला स्पोर्ट्स क्लबले २५–२० ले जितेर खेल खेलमा फर्कने कोसिस गरे पनि  एपिएफले चौथो सेट २५–१५ ले जिते पछि सेमिफाईनल प्रवेशका लागि आधिखोलाले दोश्रो खेल कुर्नु परेको थियो । लिग चरणको अन्तिम खेलमा भने आधिखोलोले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा हराउदै सेमिफाइनलको यात्रा तय गर्यो । आधिखोलोले २५–१५,२५–२० र २५–२२ ले सहजै नतिजा आफ्नो पक्षमा पारेको थियो ।शुत्रवार हुने  सेमिफाइनल खेलमा नेपाल आमी र आधिखोला तथा एपिएफ र आयोजक नया बजार सामाजिक युवा क्लब भिड्नेछन ।
नया बजार कप खुला पुरुष राष्ट्रिय भलिबलमा पहिलो सस्करणको विजेता नेपाल पुलिस क्लबले खेल परित्याग गरेपछि समूह क बाट आर्मी बिजेता तथा आयोजिक उपबिजेताको रुपमा सेमिफाईनल प्रवेश भएका थिए प्रतियोगीता संयोजक पदम श्रेष्ठले जनाएका छन ।