न्युजिल्यान्डसँग नेपालको हार
तीन सय तीन रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै दुई सय ३८ रन मात्र बनाउन सक्यो । नेपालका ओपनिङ ब्याटर अर्जुन कुमालले शतक बनाउनबाट चुके । एक सय चार बलको सामना गरेका उनले १२ चौकासहित ९० रन बनाए ।
त्यस्तै कप्तान देव खनालले ३६ रन, सुभाष भण्डारी ३३ र तिलक भण्डारी १७ रनमा नटआउट रहे । त्यस्तै गुलशन झा र आकाश त्रिपाठी २÷२ रनमा आउट भए ।
न्युजिल्यान्डका लागि मेसन क्लार्कले ३ विकेट लिए । एवाल्ड श्र्वेडर र ओस्कार ज्याकसनले २÷२ तथा म्याट रो र ज्याक कमिंगले १÷१ विकेट लिए ।
त्यसअघिटस जितेर पहिला ब्याटिङ रोजेको न्यूजिल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै तीन सय दुई रन बनाएका थियो ।
न्यूजिल्यान्डका स्नेहित रेड्डीले सर्वाधिक एक सय ४७ रनको योगदान दिए । तेस्रो नम्बरमा ब्याटिङ गर्न मैदान प्रवेश गरेका रेड्डीले एक सय २५ बलको सामना गर्दै ११ चौका र ६ छक्काको मद्दतमा एक सय ४७ रन जोडेका हुन् ।
पहिलो विकेटका लागि राम्रो सुरुवात गरेको न्यूजिल्यान्डले त्यसपछि लगातार तीन विकेट गुमाएको थियो । चौथो विकेटका लागि कप्तान ओस्कार ज्याक्सन र रेड्डीले एक सय ५७ रनको साझेदारी गरे ।
यसैगरी कप्तान ओस्कार ज्याक्सनले ८१ बलमा पाँच छक्का र तीन चौकाको मद्दतले ७५ रन जोडे । टोम जोन्सले ३३, लुक वाट्सनले १४ र एलेक्स थोम्पसनले १३ रन बनाए ।
नेपालका लागि सुवास भण्डारीले तीन विकेट लिँदा गुल्सन झाले दुई तथा दीपेश कँडेल, तिलकराज भण्डारी र आकाश त्रिपाठीले समान एक÷एक विकेट लिए ।