उपत्यकाब्यापी तेक्वान्दोमा एलेनलाई स्वर्ण

Manoj Shiama
13 April, 2015 12:16 am

taekdondo arjun
आयोजक सगरमाथा तेक्वान्दो डोजाङ, नयाँ बानेश्वर ‘ए’ का एलेन राईले दोश्रो उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगितामा आइतबार स्वर्ण जितेका छन् ।
नयाँ बानेश्वरस्थित रेनर्स स्कुलमा भएको प्रतियोगिताको पुरुष ५८ केजीको फाइनलमा एलेनले न्यु गोल्डका दिपेन धिमाललाई पराजित गरे ।
पुरुषको ३८ केजीमुनि कोटेश्वरका श्रीकृष्ण कार्की, ४६ केजीमुनि स्टार गणतान्त्रिकका किरण छुस्याकी तथा ३४ केजीमुनि पशुपति तेक्वान्दो डोजाङका विधान श्रेष्ठ पहिलो भए ।
काठमाडौं जिल्ला खेलकुद विकास समिति पनि आयोजक रहेको प्रतियोगिताको महिला ३७ केजीमुनि सीतापाइलाकी सन्जिला तिमल्सिना, ४२ केजीमुनि दिलिप स्मृति ब्वाइज युनियनककी अन्जली भुजेल तथा ५३ केजीमुनि कोटेश्वरकी सुष्मा श्रेष्ठ आ–आफ्नो प्रतिद्वन्द्वीलाई हराउदै पहिलो स्थानमा रहे ।
प्रतियोगिताको उद्योग मन्त्री महेश बस्नेतले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । दुईदिने प्रतियोगितामा विभिन्न १७ टिमका २ सय ५५ खेलाडीले १५ स्वर्णका लागि प्रतिस्पर्धा गरिरहेको प्रतियोगिता संयोजक गिरेन्द्रबहादुर राईले जनाएका छन् ।