प्रभु बैङ्कको नयाँ शाखा

प्रभु बैङ्क लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति २०८१÷०१÷०३ देखि पोखरा महानगरपालिका वडा नं. १५ स्थित नयाँ गाउँमा ३०२ औँ शाखा खोली सञ्चालनमा ल्याएको छ । बैङ्कको नयाँ गाउँ शाखा कार्यालयको समुद्घाटन यस बैङ्कको गण्डकी प्रदेश व्यवसाय केन्द्र अधिकृत शान्ति शेरचन गौचनबाट भएको हो ।
बैङ्कको नयाँ गाउँ शाखा कार्यालयको समुद्घाटन गर्दै गौचनले प्रभु बैङ्कले बैङ्कको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरूमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रूपमा बैङ्किङ सेवा विस्तार गरेको प्रकाश पारे ।
बैङ्कको शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू, स्थानीय व्यापारी, बुद्धिजीवी लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।
प्रभु बैङ्कका नेपालभर ३०२ शाखा कार्यालयहरू, २८५ एटिएम साथै ७० एक्सटेन्सन काउन्टर करिब ३१ लाख भन्दा बढी ग्राहकहरूलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथमा बैङ्किङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैङ्कले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ ।