जगतमान पौडी अध्यक्ष

Manoj Shiama
20 April, 2024 9:04 pm

लामो समय नेपाल पौडी सङ्घको नेतृत्व गरेका अशोक बज्राचार्यको कार्यकालको अन्त्य भएको छ । शनिवार भएको साधारण सभाले बज्राचार्य कार्यकालमा नेतृत्व गरेका जगत मान श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ । 

साधारण सभाले पूर्व मुख्य प्रशिक्षक ईश्वर कार्कीलाई महासचिवमा चयन गरेको छ । नयाँ कार्य समितिसँगै  नेपाली पौडी नयाँ गतिमा अघि बढ्ने अपेक्षा गरिएको छ ।

वरिष्ठ उपाध्यक्षमा जयप्रकाश भट्टराई, उपाध्यक्षमा क्रमशः जुनाकुमारी कठायत, चित्रराज भट्ट, गङ्गालाल सिँगार, निर्वाचित भए। त्यस्तै  सचिवमा क्रमशः रञ्जन भट्टराई र गङ्गालाल गोले निर्वाचित भए भने कोषाध्यक्षमा दिलीप वैद्य, सह कोषाध्यक्षमा योगेन्द्रमान श्रेष्ठ निर्वाचित भएका छन्।

सदस्यमा दीपक सागर सिंह, विकास शर्मा, कुमार गिरी, डम्बरबहादुर तामाङ, भरत तामाङ, विष्णुप्रसाद न्यौपाने, पञ्चा सिंह, टेकबहादुर थापा, जनक थापा, रुपेशमान सिंह, हरेन्द्र यादव, अनीश महर्जन,उमेस प्रधान तथा सिरिस गरूङ निर्वाचित भएका छन्।