एथलेटिक्समा गण्डकी टिम च्याम्पियन

गण्डकी प्रदेश प्रथम यु–१५ विद्यालय खेलकुदको एथलेटिक्समा बिहीबार टिम च्याम्पियन बनेको छ । ४ स्वर्ण, ३ रजत र २ कांस्य जित्दै गण्डकी समग्रमा टिम च्याम्पियन बन्यो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद परिषद्, गण्डकीद्वारा संयुक्त आयोजित प्रतियोगितामा लुम्बिनी प्रदेश ३ स्वर्ण, २ रजत र ६ कांस्यसाथ लुम्बिनी प्रदेश दोस्रो भयो । तेस्रो स्थानको कर्णाली प्रदेशले ३ स्वर्ण, २ रजत र १ कांस्य हात पा¥यो । सहभागी सातै प्रदेश स्वर्णविहीन हुनु परेन । १४ स्वर्णका लागि भएको प्रतिस्पर्धामा कोसी प्रदेश, सुदूरपश्चिम प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशले समान १–१ स्वर्ण जिते ।

पोखरा रङ्गशालामा भएको छात्र ४ गुणा १ सय मिटर रिलेमा लुम्बिनी पहिलो, गण्डकी दोस्रो र सुदूरपश्चिम तेस्रो भए । सो स्पर्धाको छात्रामा गण्डकीले स्वर्ण, कोसीले रजत र कर्णालीले कांस्य जिते ।

सट पुटको छात्रमा कोशिका छिरिङ शेर्पा पहिलो भए । उनले १०.५७ मिटर टाढा फाले । गण्डकीका गणेश श्रेष्ठ दोस्रो तथा लुम्बिनीका पारसबहादुर शाही तेस्रो स्थानमा रहे । उक्त स्पर्धाको छात्रामा ८.३७ मिटर थ्रो गरेकी लुम्बिनीकी सम्झना थारु पहिलो भइन् । कर्णालीकी उर्मिला राजी दोस्रो तथा गण्डकीकी युना सारू मगर तेस्रो बने ।

छात्रको ८ सय मिटर दौडमा बागमतीका सुनिल विक पहिलो बने । उनले निर्धारित दूरी २ मिनेट ०९.६३ सेकेन्डमा पूरा गरे । कर्णालीका अनिल शाही दोस्रो तथा लुम्बिनीका विशाल थारु तेस्रो भए । सो स्पर्धाको छात्रामा कर्णालीकी पूर्णिमा बुढाले निर्धारित दूरी २ मिनेट ३६.२६ सेकेन्डमा तय गर्दै स्वर्ण   चुमिन् । गण्डकीकी कञ्चन भण्डारी दोस्रो तथा मधेसकी आशा साह तेस्रो भए ।

छात्रको २ सय मिटर दौडमा गण्डकीका सुशान्त बोटेले स्वर्ण जिते । उनले निर्धारित दूरी २४.३३ सेकेन्डमा पूरा गरे । लुम्बिनीका अभय राना दोस्रो तथा बागमतीका अजित ठाकुर तेस्रो स्थानमा रहे । त्यसै स्पर्धाको छात्रामा गण्डकीकी अनुष्का अधिकारी पहिलो भइन् । अनुष्काले निर्धारित दूरी २७.६२ सेकेन्डमा पूरा गरिन् । सुदूरपश्चिमकी रितु जोशी दोस्रो तथा लुम्बिनीकी जमुना लोध तेस्रो भए ।

टेबल टेनिसमा जयस्नुलाई तीन स्वर्ण

बागमती प्रदेशका जयस्नु महर्जनले यु–१५ विद्यालय खेलकुदको टेबल टेनिसमा बिहीबार ३ स्वर्ण जितेका छन् । उनले ब्वाइज सिंगल्स, डबल्स र मिक्स डबल्समा स्वर्ण जिते ।

पोखरा रङ्गशालास्थित कभर्ड हलमा भएको ब्वाइज सिंगल्स फाइनलमा जयस्नुले कोशिका सुशान्त मेहतालाई ८–११, ११–५, ११–२ र ११–६ को सेटमा पराजित गरे । कोशिका गौतम तामाङ र लुम्बिनीका सुविन क्षेत्री तेस्रो भए ।

गल्र्स सिंगल्समा बागमतीकी नर्मदा खाइतु च्याम्पियन बनिन् । उपाधि भिडन्तमा नर्मदाले कोसीकी सुलेखा ठाकुरलाई ११–९, ४–११, ११–५ र १३–११ को सेटमा हराइन् । बागमतीकाद्वय सुरम्य शाक्य र अर्शना महर्जन संयुक्त रूपमा तेस्रो भए ।

टेबल टेनिसमा बागमतीले स्वर्णमा ‘क्लिन स्विप’ गरेको छ । ५ स्पर्धा समावेश टेबल टेनिसमा बागमतीले पाँचै स्वर्ण जित्न सफल भयो । दोस्रो तथा अन्तिम दिन २ स्वर्ण जितेको बागमतीले पहिलो दिन ३ स्वर्ण जितेको थियो ।

विजेतालाई प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्य–सचिव श्रीधर शर्मा र टेबल टेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपालीले पुरस्कृत गरे । दुई दिने प्रतियोगितामा सातै प्रदेशबाट समान २८–२८ ब्वाइज÷गल्र्स गरी ५६ खेलाडी सहभागी थिए ।

ब्याडमिन्टनमा सुविन लाई उपाधि 

पोखरा रङ्गशालास्थित ब्याडमिन्टन कभर्डहलमा भएको ब्वाइज फाइनलमा लुम्बिनीका सुविन श्रेष्ठले गण्डकीका सफल भुजेललाई २१–१७ र २१–११ को सोझो सेटमा पराजित गरे । सो स्पर्धाको गल्र्सको उपाधि भिडन्तमा बागमतीकी रिहाना शेरचनले कोसीकी निभा राईलाई सीधा सेटमा २१–१० र २१–१९ ले हराइन् ।

ब्वाइज डबल्समा लुम्बिनीका सुविनले सुदेश राजकोटीसंग मिलेर अर्को स्वर्ण जिते । उक्त जोडीले फाइनलमा गण्डकीका सफल र गेजराजर कार्कीको जोडीमाथि १९–२१, २१–१६ र २१–१३ को कठिन जित दर्ता गरे । सोही स्पर्धाको गल्र्समा रिहानले पनि टीशारानी शाक्यसँग मिलेर दोहोरो स्वर्ण जित्न सफल  भइन् । उक्त जोडीले फाइनलमा गण्डकीका दिलासा राणा र समृद्धि श्रेष्ठको जोडीलाई २१–१६ र २१–१६ ले पाखा लगाए ।

मिक्स डबल्समा गण्डकीका सफल भुजेल र दिलासा राणाको जोडी च्याम्पियन बने । सफल र दिलासाको जोडीले फाइनलमा कोशिका सदिप राई र निभा राईको जोडीलाई २१–१५ र २१–१२ को सोझो सेटमा पन्छाए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ, प्रदेश खेलकुद विकास परिषद्, बागमतीका सदस्य–सचिव सूर्यलाल भण्डारी, राखेपका सदस्य अञ्जन धमलालगायतले  पुरस्कृत गरे ।

लुम्बिनी र बाग्मती चेस च्याम्पियन

प्रथम यु–१५ विद्यालय खेलकुदअन्तर्गत बुद्धिचालको खुलातर्फ टिम इभेन्टको छात्रमा लुम्बिनी तथा छात्रामा बाग्मती पहिलो भएका छन् । लुम्बिनी प्रदेशले सात चरणको खेलमा सत प्रतिशत जित सहित १४ अङ्क जोड्यो । बाग्मती ११ अङ्क सहित दोस्रो तथा सुदूरपश्चिम ९ अङ्क सहित तेस्रो भए । लुम्बिनीको टोलीमा किरण भण्डारी, टोपलाल अधिकारी, सुशान्त अर्याल र आरुष नाग थिए । 

छात्रा तर्फ बाग्मतीले सत प्रतिशत जितसहित पहिलो स्थान हात पा¥यो । बाग्मतीको जीतमा रिया श्रेष्ठको प्रेरणादायी प्रदर्शन सफल भएको थियो । यसै महिना सम्पन्न नवौँ राष्ट्रिय महिला च्याम्पियनसिपमा पाँचौँ स्थान हात पारेकी रियाले यस प्रतियोगितामा सत प्रतिशत स्कोर गरेकी हुन् । लुम्बिनीले चौथो चरणमा बाग्मतीसँग १–३ ले पराजित हुनु बाहेक अन्य खेलमा हार सहन परेको थिएन । बाग्मतीको टोलीमा रियाको अलावा राष्ट्रिय च्याम्पियनसिपको अनुभव बटुली सकेकी श्रीसा दुवाल पनि समावेश थिइन् । अन्य खेलाडीमा एन्जल महर्जन र प्रकृति राई थिए । टोलीको प्रशिक्षण दुई पटकका राष्ट्रिय च्याम्पियन तथा फिडे ट्रेनर केशव श्रेष्ठले गरेका थिए ।

बास्केटबलमा बागमतीलाई दोहोरो उपाधि

बागमतीले प्रथम यु–१५ विद्यालय खेलकुदको बास्केटबलमा बिहीबार दोहोरा उपाधि जितेको छ । बागमती ब्वाइज र गल्र्समा दुवैमा च्याम्पियन बन्न सफल भयो । दुवै फाइनलमा बागमती प्रतिद्वन्द्वी गण्डकी रह्यो ।

पोखरा रङ्गशालास्थित कोर्टमा भएको ब्वाइजको फाइनलमा बागमतीले गण्डकीलाई ३९–३१ ले पराजित ग¥यो । बागमतीको जितमा प्राञ्जल बस्नेतले १७ अङ्क योगदान गरे । गण्डकीका सौभाग्य पुनले १२ अङ्क जोडे ।

पहिलो क्वाटरमा ४–७ ले पछि परेको बागमतीले दोस्रो क्वाटरमा १६–१२ को अग्रता लिँदै समग्रमा १ अङ्कको अन्तरले अघि रह्यो । तेस्रो क्वाटरको समाप्तिसम्म बागमती २५–२९ ले पछि परेको थियो । तेस्रो क्वाटरमा गण्डकीले १०–५ स्कोर गरेको थियो । अन्तिम तथा चौथो क्वाटर बागमतीले १४–२ ले आफ्नो पक्षमा पार्दै उपाधि सुनिश्चित ग¥यो । कोसीले तेस्रो स्थानमा चित्त बुझायो ।

गल्र्सको उपाधि भिडन्तमा जरा महर्जनको ८ अङ्क सहयोगमा बागमतीले गण्डकीलाई १३–८ ले हरायो । बागमतीले सुरुका तीन क्वाटरमा क्रमशः ४–१, ३–२ र २–१ को अग्रता लिँदै जितको आधार खडा ग¥यो चौथो क्वाटर ४–४ को बराबरीमा सकिएको थियो ।

ब्वाइजमा ७ प्रदेश तथा गल्र्समा सुदूरपश्चिम बाहेक ६ प्रदेशको सहभागिता रहेको बास्केटबल प्रशिक्षक सुनिल लामाले जनाएका छन् ।

रग्बीमा कर्णाली अब्बल

कर्णालीले प्रथम यु–१५ विद्यालय खेलकुदको रग्बीमा बिहीबार दोहोरो उपाधि जितेको छ । कर्णाली छात्र÷छात्रा दुवैमा पहिलो भयो ।

पोखरा रङ्गशालामा भएको छात्र फाइनलमा कर्णालीले कोसीलाई १–० ले पराजित ग¥यो । मधेसले तेस्रो स्थानमा चित्त बुझायो ।

छात्राको उपाधि भिडन्तमा कर्णालीले बागमतीलाई हरायो । फाइनलमा दुवैको समान १–१ स्कोर भए पनि बागमतीले बढी नकअन पाएको आधारमा कर्णाली विजयी भएको हो । सुदूरपश्चिम तेस्रो भयो ।

विजेतालाई राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङ, प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य–सचिव श्रीधर शर्मा, राखेपका सदस्य राजेश गुरुङ र अञ्जन धमलालगायतले  पुरस्कृत गरे । दुई दिने प्रतियोगिताको छात्र÷छात्रा दुवैमा समान ७–७ प्रदेशले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

Comment