बाग्मती टेनिसको अध्यक्षमा राणा

मनोज शमशेर राणा बाग्मती टेनिस सङ्घको अध्यक्ष भएका छन् । गत बुधवार नेपाल टेनिस सङ्घको सचिवालयमा प्रदेश खेलकुद विकास परिषद् बागमतीको कार्यकारिणी समिति सदस्य .सुनिता गौतमको प्रमुख आतिथ्यमा भएको खेलाले राणालाई अध्यक्षमा चयन गरेको हो ।  कार्यक्रमको विशिष्ट अतिथि नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा नेपाल टेनिस सङ्घका अध्यक्ष ज्योति राणा थिइन् । उपाध्यक्षमा गोपाल दास मानन्धर, सचिवमा मङ्गल प्रताप बानिया र कोषाध्यक्षमा गौरी शंकर श्रेष्ठ निर्विरोध निर्वाचित भए ।

श्री युवक किशोर राज भण्डारी र राज कुमार लामा पनि निर्विरोध सदस्य भए । बाँकी रहेको १ उपाध्यक्ष तथा २ सदस्यहरू कार्यसमितिको पहिलो बैठकबाट मनोनयन गरिने छ । 

Comment