राष्ट्रिय हाप्किडो आइतबार सुरु हुने 

नेपाल हाप्किडो सङ्घको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद्को स्वीकृतिमा नवौँ राष्ट्रिय हाप्किडो च्याम्पियनसिपको तयारी पुरा भएको छ । दुई दिने प्रतियोगिताको उद्घाटन आइतबार कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री वीर बहादुर शाहीले गर्ने कार्यक्रम छ । 

कर्णाली प्रदेशको सुर्खेतमा हुने सो प्रतियोगितामा ५२ जिल्लाका खेलाडीको सहभागिता छ । यो च्याम्पियनसिपले नेपाली हप्किडोलाई नयाँ दिशा दिने विश्वास रहेको हाप्किडो सङ्घका मुख्य प्रशिक्षक प्रवीण गुरुङले बताए ।  क्युरोगी, होसिनसुल, हाइ फल, लङ फल र विपन टेक्निकमा प्रतिस्पर्धा हुने छन् । 

सङ्घको नियमित वार्षिक कार्यक्रम अनुसार च्याम्पियनसिप हुने लागेको हो । प्रत्येक संस्करण फरक प्रदेशमा आयोजना गर्ने नीति अनुसार नवौँ संस्करण कर्णालीमा हुने लागेको हो । 

शीर्ष तिन स्थान पाउने टोलीका साथै उत्कृष्ट महिला र पुरुष खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने छ । उत्कृष्ट प्रशिक्षक र रेफ्रीलाई पनि नगद पुरस्कार प्रदान गरिने छ । साथमा अनुशासित खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिने छ । उत्कृष्ट जिल्ला र उत्कृष्ट स्कुल डोजाङलाई पनि सम्माीनत गरिने छ । 

कर्णाली प्रदेशको विशेषतालाई देशव्यापी रूपमा परिचित गराउन  समेत यो प्रतियोगिता उपयोगी साबित हुने विश्वास स्थानीय आयोजक कर्णाली प्रदेश हाप्किडो सङ्घका अध्यक्ष गङ्गाराम तिमिल्सेनाको छ । पछिल्लो समय कर्णालीमा हाप्किडोको तीव्र विकास भइरहेको छ । 

Comment