करातेमा नेपाल उपविजेता

Manoj Shiama
19 April, 2015 11:04 pm

karatee

नेपाल आठौं इन्डो–नेपाल कराते प्रतियोगितामा आइतबार उपविजेता बनेको छ । भारतको पञ्जाबमा भएको प्रतियोगितामा नेपाल १४ स्वर्ण, ६ रजत र ५ कांस्य दोश्रो भएको टोली नेता जापान गोजुरियो कराते डो केन्वाकाइ नेपाल तथा दक्षिण एसियाका प्रमुख विसनसिंह खड्काले जनाएका छन् ।
पुरुषको २५ केजीमा गणेश भण्डारी, ३० केजीमा सागर न्यौपाने, ३५ केजीमा सागर भेटवाल, ७० केजीमाथि सोनु थापा, ७५ केजीमाथि अनिश ठाकुर, ६५ केजीमा सम्राट न्यौपाने, ३५ केजीमाथि सुमन थामी, ५५ केजीमा सुरज बस्नेत र मेखबहादुर क्षेत्री, ४५ केजीमा सुजन तामाङ, ५० केजीमा प्रेम बुढा मगर, ६० केजीमा गोविन्द विक तथा खुलामा पवनकुमार सुनारले स्वर्ण जिते । सोनुले एकल कातामा पनि पहिलो स्थान हात पार्दै दोहोरो स्वर्ण चुमे ।
सहभागी सबै खेलाडी इन्टेनसिभइन्टरनेसनल स्कुलका खेलाडीभएको टिम प्रशिक्षक सुमन तिमल्सिनाले जनाएका छन् ।