रसुवामा सेल्फ डिफेन्स प्रशिक्षण 

रसुवाको आमा छोदाङ गाउँपालिकामा बुधवार र बिहीबार सेल्फ डिफेन्स प्रशिक्षणको आयोजना गरियो । गाउँपालिकाको आयोजनामा भएको सो कार्यक्रममा सेल्फ डिफेन्स प्रशिक्षक राधिका हमालले प्रशिक्षण दिएकी थिइन् । उनलाई पूजा लामाले सहयोग गरेकी थिइन् । 

कर्मा बुटिक लामाको संयोजनमा भएको कार्यक्रमको समापन कार्यक्रम गाउँपालिकाका उपाध्यक्ष उपाध्यक्ष चण्डिका तामाङको प्रमुख आतिथ्यमा थियो ।  गाउँ पालिका अध्यक्ष सुरेन्द्र« तामाङले प्रतियोगिता सञ्चालनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा प्राविधिक सहयोग नेपाल लाइन्स क्लब अफ सेल्फ डिफेन्स, काठमाडौँले गरेको थियो । 

कुल ६० जना प्रशिक्षार्थी मध्ये १५ जना गृहिणी तथा बाँकी किशोरी थिए । १६ सेसन रहेको प्रशिक्षण कार्यक्रममा सबै खाले दुर्व्यवहारबाट सुरक्षित हुने तरिका सिकाइएको थियो । 

Comment